गैरआवासीय नेपाली संघ बेल्जियम र युरो नेपाल खेलुकद संघको संयुक्त आयोजनामा बेल्जियममा भएको बृहद् भलिवल प्रतियोगिताको उपाधी मोना बेल्जियमले हात पारेको छ । फेब्रअरी २३ आइतबार सम्पन्न खेलमा एनआएनए लक्जमबर्गलाई हराउँदै यूरोपको भलिबल च्याम्पियन भएको हो । यूरोपभित्र रहेका नेपाली संस्था बिचको खुल्ला भलिबलमा मोना बेल्जियमले कुनैपनि खेलमा पराजित हुनुपरेन् ।

विजेतासँगै मोना बेल्जियमले १ं००० युरोसहित ट्रफि, मेडल र प्रमाणपत्र, दोश्रो हुने एनआएनए लक्जमबर्गले ५०० युरोसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । खेलका अन्य विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा अनुशासित टिमलाई पनि प्रमाणपत्र तथा आकर्षक पुरस्कार प्राप्त गरिएको खेलाडी एवम् मोना बेल्जियमका महासचिव प्रदिप थापा ‘सुमन’ले बताए । ‘हामीले सामाजिकसँगै खेलकुदमा पनि यूरोपमा राम्रो खेल देखाउन सफल भयौं,‘यूरोपभरीका खेलाडीहरुको उपस्थिती थियो’ उनले भने ।

प्रतियोगितामा एनआएनए यूरोपका निर्वतमान संयोजक शिब बरुवाल, मोना बेल्जियमका अध्यक्ष योगेन्द्र विक,टिम म्यानेजर धनश्याम शाही लगायतको उपस्थिती रहेको थियो । टिम क्याप्टेन ज्ञान रकालको नेतृत्वमा रहेको मोना बेल्जियमका सुनिल भुजेल थापा,सुरेश केसी, विष्णु छन्त्याल, रामजी विसी, रामचन्द्र थापामगर, दीपक पूर्जा मगर,सुदीप शेरपुञ्जा मगर र प्रदिप थापा सहभागी थिए । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो ।