नेपालमा कोरोना भाइरसको उच्च जोखिम !

0

नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको चिकित्सकहरुले बताएका छन् ।छिमेकी देश चीनमा देखिएको यो भाइरस नेपालमा भित्रिन सक्ने अनुमान गरिएको छ । यो परीक्षण गर्ने उपकरण नेपालसँग छैन ।अहिले चीनबाट आएकाहरुलाई बिमानस्थलमा स्वास्थ्य परीक्षण गर्न थालिएको छ ।

चीनमा कोरोना भाइरस महामारी फैलिंदै गएकाले चीनबाट नेपाल आउनेहरुमा कोरोना भाइरस हुनसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट फर्किने विदेशी तथा नेपाली नागरीकको निगरानी बढाइएको छ । त्यसै क्रममा चिनबाट फर्किएका ३२ बर्षीय एक युवकलाई कोरोना भाइरस भएको आशंकामा ५ दिन शुक्रराज अस्पतालमा भर्ना गरेरै निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।

५ दिन भर्ना गरेर शुक्रबार डिस्चार्ज गरिएको भए पनि रगत, खकारको नमुना संकलन गरिएको छ । तर, कोरोना भाइरस भएको नभएको पुष्टी भने भएको छैन । नेपालमा सबै प्रकारको कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने उपकरण पनि छैन ।कोरोना भाइरसले मानिसलाई सामान्य रुघाखोकीदेखि लिएर घातक संक्रमणसम्म गराउन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसको हो ।यो भाइरसबाट बच्न नियमित रूपमा हात सफा गर्ने, माछामासु, अण्डा राम्रोसँग पकाएर मात्र खाने गर्नुपर्छ ।कोरोनाभाइरस सङ्क्रमितलाई ज्वरो आउने, खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने र मृर्गौलाले काम गर्न छोडेर मृत्यु समेत हुन सक्छ ।चीनमा यो तीव्र रुपमा फैलिन थालेको छ । सन् २००३ यता विश्वभरमा कोरोना भाइरसबाट ८ सय १३ को मृत्यु भएको छ  । Source: News24nepal.tv

Leave a Reply