बेपत्ता दुई बालकको उद्धार गरी आफन्तलाई जिम्मा लगाइयाे

0

नुवाकोटका दुई बालबालिकालाई प्रहरीले बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेको छ । नुवाकोटको विदुर नगरपालिका– २ र ४ बस्ने दुई बालक केही दिनदेखि बेपत्ता भई हराइरहेका थिए, साेही क्रममा बुधबार प्रहरीले फेला पारेको हो ।

बेवारिसे अवस्थामा फेला पारी उद्धार गरिएका ती बालक उनीहरूका आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए । उनका अनुसार विदुर वडा न ४ मा ५ वर्षीय बालक बेवारिसे अवस्थामा मगंलबार बिहान बट्टारको सगंमचोकमा फेला परेका थिए ।आफूलाई प्रकाश मिजार नाम बताउने बालकका आफन्त खोजी गर्दा बट्टारमा बसोबास गर्दै आएको अनुसन्धानबाट खुलेपछि बालक मिजारकै दिदी सीमा मिजारलाई जिम्मा लगाइदिएको फुँयालले जानकारी दिए ।

यसैगरी, हराएका अर्का रौतहट जिल्ला घर भएका ११ वर्षिय आकाश यादव आफ्नो काकाको घर विदुरमा बसोबास गर्दै आइरहेका थिए । बालक यादव सोमबार बिहान ७ बजेदेखि सम्पर्कविहीन भई हराउँदा यादवका आफन्तले नुवाकोट प्रहरीसमक्ष खोजतलासका लागि सोही दिन निवेदन दिएका थिए । त्यसलगत्तै प्रहरीले खोजी कार्य तीव्र पारेको थियो ।हराएका यादवको खोजी गर्ने क्रममा धादिङको गल्छी चोकमा फेला पारेर प्रहरीले यादवका आफन्तलाई जिम्मा लगाइदिएकाे हाे । news24nepal.tv

Leave a Reply