सिटिजन्स बैंकद्धारा पौलस्त्य माविलाई सहयोग

0

म्याग्दीको सदरमुकाम बेनीको न्यूरोडमा शाखा रहेको सिटिजन्स बैंकद्वाराले एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दीको बेनी नगरपालिका–५, भीरमुनिस्थित पौलस्त्य माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त रकमबाट विद्यालयमा शुद्ध खानेपानीका लागि आवश्यक पूर्वाधार निर्माण गरिने विद्यालय प्रशासनले जनाएको छ । शाखा प्रबन्धक पुरुषोत्तम पौडेल र कर्मचारी विष्णु सुवेदीद्वारा विद्यालयका प्रअ प्रेमबहादुर बानियाँलाई सहयोग हस्तान्तरण गरेका छन् । विगतमा समेत बैंकले समेत विभिन्न समाजिक कार्यहरुमा सहयोग गदैं आइरहेको छ । हाल बैंकले देशभर ९३ शाखा, ९० एटिएम र १०३ वटा शाखारहित बैंकिङ एकाइमार्पत वित्तीय सेवा दिँदै आएको छ ।

घरबाटै वित्तीय सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनासमेत सञ्चालनमा ल्याएको बैंकले भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पिओएस मेसिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) योजनासमेत सञ्चालन गरेकोे छ ।

Leave a Reply