मोना कतारले १७ औँ वार्षिकोत्सव मनाउने

0

कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारले आगामी मार्च १३ मा १७ औँ वार्षिकोत्सव मनाउने भएको छ । सहानियामा अवस्थित अल दो सरी पार्कमा आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रममा सांस्कृतिक प्रस्तुति सहित लाइभ पञ्चेबाजा मुख्य आकर्षण रहने भएको अध्यक्ष तिलु शर्मा पौडेलले बताए । प्रवासी म्याग्देली दृष्टि सम्बृद्द म्याग्दीको सृष्टि भन्ने मूल नारा लिएर सन २००३ मा स्थापित संस्थामार्फत म्याग्देलीको एकता र सहकार्यसँगै विभिन्न योजनाहरुका बारेमा समेत छलफल हुने बताइएको छ ।

म्याग्देलीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको कार्यक्रमबाट कतारमा रहेका म्याग्देलीहरु बिच आत्मीयता बढ्ने विश्वास लिइएको जनाइएको छ । संस्थाले हरेक वर्ष बार्षिकोत्सवसंगै विविध कार्यक्रमहरू गर्दै आइरहेको छ। म्याग्दी जिल्लामा बहुदेश्यिय अक्षय कोष स्थापनार्थ मोना कतारले सञ्चालन गरेको चिठा कार्यक्रमको लक्की ड्र पनि सोही दिन खोलिने कार्यक्रम संयोजक नरेन्द्र फगामीले जानकारी दिए ।

कार्यक्रममा होली खेलिने र ११० औँ अन्तर्रा्ष्ट्रिय नारी दिवस पनि मनाइने छ । कतारमा रहेका मोना आइसीका महासचिव बिक्रम कार्की र सचिव रमेश पौडेलले समेत आइसीमार्फत हुने आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । मोना कतार प्रवासी म्याग्देलीमा सक्रिय र कतारमा रहेका नेपाली संघसंस्थामा अग्रणी संस्थाको रुपमा चिनिन्छ ।

Leave a Reply