वन्यजन्तु बन्न सक्छन् समृद्ध नेपालकाे आधार

0
 नेपालमा औपचारिक रूपमा संरक्षण थालिएको साढे चार दशक बितेको छ । यो अवधिमा संरक्षित क्षेत्रमा वन्यजन्तुको संरक्षणसँगै पर्यटकको आवागमन व्यवस्थित तुल्याउने पहल भयो, हुँदैछ ।प्रारम्भिक दशकमा अध्ययन अनुसन्धानका लागि न्यून पर्यटक आउँथे ।

अचेल नेपालको प्राकृतिक सुन्दरता, हिमाल पर्वतमाला, जैविक विविधता र वन्यजन्तु हेर्ने पर्यटक बढ्दैछन् तैपनि नेपालको संरक्षित क्षेत्रलाई विदेशी पर्यटकको अझ सहज पहुँच बनाउने वा नबनाउने भन्ने विवाद कायमै छ । केही विज्ञ संरक्षित क्षेत्रमा पर्यटकको आवागमन कम गर्नुपर्ने धारणा राख्छन् । एउटा धार भने वन्यजन्तुलाई असर नगरी संरक्षित क्षेत्रलाई पर्यटनको मुख्य माध्यम बनाउनुपर्नेमा जोड दिन्छन् ।

अर्कोतर्फ ‘समृद्ध नेपाल, सुखी नेपाली’ को खाकामा अटाउँदै संरक्षित क्षेत्र, वन्यजन्तुलाई पर्यटन र आर्थिक समृद्धिसँग जोडेर लैजान वन तथा वातावरण मन्त्रालय र अन्य निकाय सहमत हुँदै अगाडि बढिरहेका छन् । नेपालमा उपलब्ध ११८ किसिमका पारिस्थितिक प्रणालीमध्ये ८० किसिमका प्रणाली संरक्षित क्षेत्रमा पाइन्छन् । नेपालको कुल भूभागको २९.३९ प्रतिशत भूभाग संरक्षित क्षेत्रमा पर्छ । विश्वमै दुर्लभ एकसिङे गैँडा ६४५ वटा छन् भने दुर्लभ पाटेबाघ २३५ वटा छन् । यो खबर आजको गाेरखापत्र दैनिकमा छ ।

Leave a Reply