मगर संघ इजरायल शाखाले ३ विद्यार्थीलाई छात्रबृत्ति वितरण

0

३८ औ मगर स्थापना दिवसको अवसर पारेर नेपाल मगर संघ शाखा इजरायलले ३ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ । स्थापना दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिका–७ बिमको मालिका आधारभुत विद्यालयकी कक्षा ४ मा अध्ययनरत प्रेणा गर्बुजा मगर, कास्कीको पोखरा महानगरपालिका–३३ को चण्डी माध्यामिक विद्यालयको कक्षा ४ मा अध्ययनरत बिपिन आले मगर र धादिङ जिल्ला सिद्देलेक गाउँपालिका–४, जलेश्वर माविमा कक्षा ४ मा अध्ययनरत रजनी थाप मगरलाई वितरण गरिएको संघका कोषाध्यक्ष चित्र जुग्जालीले बताए ।

उनका अनुसार प्रति विद्यार्थी १० हजारका दरले वितरण गरिएकाले पढाईलाई निरन्तर र उत्कृष्ट भएमा कक्षा १० सम्म छात्रबृत्ति उपलब्ध गराउने जानकारी दिए । सहयोग रकम एक कार्यक्रम गरी विद्यार्थीलाई हस्तान्तरण गरिएको छ ।

२०३९ साल फाल्गुन १५ गते टाहालुङ्ग (तनहुँ) को ड्यामबोले (दमौली) मा सम्पुर्ण मगर समुदायको मुक्तिको आवाज लाई बुलन्द गर्दै मेची महाकाली नै नेपाल मगर संघ झन्डा फहराउने महान संकल्पका साथ प्रथम राष्ट्रिय महाधिवेशन भब्यताका साथ सम्पन भएको दिनलाई सम्झदै यो एतिहासिक दिनलाई नै मगर संघको स्थापना दिवसको रुपमा मनाउने गरेको छ ।

संसार भरि छरिएर बसोबास गर्दैआएका मगर समुदायहरुले आफ्नो भेषभुषा, भाषा , संस्कार संस्कृती र पहिचान जोगाउन र सम्पुर्ण मगरहरुमा आपसी मेलमिलाप,मित्रता, भाईचारा,सद्भाव साथै मगर एकता अझ बलियो होस भन्ने उद्देश्यको विश्वभर मगर स्थापना दिवस मनाउने गरिन्छ ।

Leave a Reply