मंगला गाउँपालिका–५,अर्मनमा सक्रिय न्यू सिर्जना यूवा क्लवको प्रथम अधिवेशनबाट किशोर कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । गाउँमा हुने विभिन्न सामाजिक तथा विकास निर्माणका गतिविधिमा सक्रिय, यूवाहरुको एकता र सहकार्यका लागि स्थापना भएको क्लवको उपाध्यक्षमा प्रताप रोका, सचिव तारा बानियाँ ‘जगत’, कोषाध्यक्ष रस्मी तुलाचन, सहसचिव तेजेन्द्र तुलाचन रहेका छन् ।

समितिको सदस्यमा दिपु तुलाचन, सनम किसान, सलिन रोका, प्रेम खत्री, पार्वती सिर्पाली र अमृत खत्री रहेका छन्। अर्मनको कुर्सिला,पाखु र पिपलबोटका यूवाहरुको सक्रियता स्थापना भएको क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद लगायत रचनात्मक कार्यहरुलाई प्राथमिकता दिने अध्यक्ष कँडेलले बताए ।

प्रथम अधिवेशनको अवसरमा क्लवको सल्लाहकारमा शेरबहादुर खत्रीको अध्यक्षता भएको आम भेलाको सञ्चालन जगत बानियाँ गरेका थिए । कार्यक्रममा मंगला खेलकुद समितिका अध्यक्ष श्यामसुन्दर कँडेल, सृष्टि आमा समुहकी अध्यक्ष मनमायाँ क्षत्री लगायतको उपस्थिती रहेको थियो ।