बेनी नगरपालिकाले कर शिक्षासँगै गाउँघरमै पुगेर राजश्व संकलन गरेको छ ।जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यले नगरपालिकाको राजश्व शाखाले वडा कार्यालयमै पुगेर कर संकलन गरेको हो। एकिकृत सम्पत्ती करका बारेका बारेमा नगरबासीमा रहेको भ्रमलाई मेट्ने तथा जनस्तरमै पुगेर कर संकलन गरिएको राजश्व शाखाका प्रमुख प्रकाश सुबेदीले बताए।

उनले कर तिर्न नगरपालिकामा आउनुपर्ने अवस्थाको अन्त्य गदैं कर सम्बन्धि समस्या समाधानमा समेत सहज भएको बताए। नगरको राजश्व टोलीको घुम्ती कर संकलनको क्रममा वडा नं १,२,३,४,५,६,९,१० वटाबाट १३ सय ६३ जनाबाट ५ लाख ८९ हजार ३७५ संकलन गरिएको हो । सुशासनमा टेवा, घरदैलोमा सेवा बन्ने नेपाल सरकारको पुर्व निति अनुरुप कर संकलन गरिएको नगरपालिकाले जनाएको छ ।

कर बुझाउन करदाताले आफनो घर जग्गाको लालपुर्जा, नागरिकता र त्यसको प्रतिलिपी सहित यस अगाडि बुझाएको करको रसिद लिएर आएका थिए । ८ वडा वडामा सबैभन्दा धेरै वडा नं १० मा १ लाख १८ हजार ४४५ रुपैयाा र सबैभन्दा कम वडा नं ९ ६ हजार ३५ रुपैयाँ संकलन भएको छ ।

स्थानीय तहको निर्वाचन लगत्तै जारी गरिएको एकिकृत सम्पत्ती कर चर्को भएको समाचार प्रकाशित भएपछि वडास्तरमा जग्गाको मुल्याङ्न गरिएपछि केही राहत महसुस गरेपनि नगरबासीले कर तिरे अनुसारको सुविधा नपाएको गुनासो कर्मचारीसँग गरेका थिए । यसैबीच दुईबर्षदेखि रोकिएको बेनपा ७ र ८ को ब्यवसायीक कर समेत उठ्न थालेको छ । दुई वटा वडाका ७ सय ४६ जनाबाट १८ लाख १५ हजार संकलन भएको नगरपालिका राजश्व शाखाले जनाएको छ ।