नेपाल ह्याण्डवल संघ म्याग्दी गठन भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीमा आयोजना भएको भेलाले शिशिर शाहीको अध्यक्षतामा पहिलोपटक म्याग्दीमा ह्याण्डवल संघ गठन गरेको हो । समितिको उपाध्यक्षमा जनक सोनाम, सचिव धन बहादुर रोका, कोषाध्यक्ष, अमृता गर्बुजा, सहसचिव मेनुका पाईजा रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा सन्दिप हमाल, उदय बहादुर दर्जी, कुमार किसान, रिस्मत बानियाँ, नविन खत्री, विशाल कार्की, गणेश हमाल र अर्जुन कार्की रहेका छन् । खेलकुदका प्रशिक्षक कर्ण प्रदानको उपस्थिीतिमा भएको कार्यक्रममा म्याग्दीमा ह्याण्डवलको अभ्याससँगै खेल प्रशिक्षण सञ्चालनको वातावरण बनाउने बताइएको थियो । सोही भेलाले काठमाण्डौमा हुने महाधिवेशनमा अध्यक्ष शाहीलाई पठाउने निर्णय समेत गरेको छ ।