कतारमा कोरोनाभाइरस रोगीको संख्या आठ पुग्यो 

0
कतारमा कोरोनाभाइरस रोगीको संख्या आठ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ l आठौ संक्रमित बिरामी कतारी नागरिक हुन् उनलाई कतारले इरानबाट निजी विमानमा फेब्रुअरी २७ मा कतार ल्याएको थियो l संक्रमित बिरामीलाई क्वारेन्टाइनको राखिएको र बिरामिको अवस्था स्थिर रहेको जनाइएको छ ।
हालसालै प्रमाणित गरिएका सबै बिरामीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचार भइरहेको छ । साथै मन्त्रालयले कोरोना भाइरस रोग सम्बन्धी बिबरण लिन दिन सहजताको लागि कल सेन्टरको स्थापना गर्दै टोल फ्री नम्बर १६००० मा कल गरेर बिबरण लिन दिन सकिने ब्यबस्था मिलाएको जनाएको छ l तिलु शर्मा पौडेल/ दोहा कतार

Leave a Reply