बेल्जियममा पर्वत धाईरिङका जैसी मृत भेटिए

0

पर्वतको जलजला गाउँपालिका धाईरिङका एक यूवाको शव बेल्जियमको आस्कोट ट्रेन लीगमा भेटिएको छ । परिवारसहित बेल्जियममा रहँदै आएका ३५ वर्षीय सुमन जैसीको शव क्षतविक्षत अवस्थामा प्रहरीले फेला पारी सोमवार मध्यरातमा परिवारलाई जानकारी गराएको हो ।

जैसी बेल्जियमको लुभेनमा बस्दै आएका थिए । उनले केही समय अघिदेखि आफूलाई पारिवारिक चिन्ता रहेकोबारे साथीहरूलाई दुखेको पोख्ने गरेको जनाइएको छ । उनले आफू कार्यरत रेस्टुरेन्टमा काम गर्न जान पनि छाडेका थिए । बेल्जियममा उनका बुवा हरिराम जैसी र आमा देवी जैसी, पत्नी र छोरी छन् । दिलनिशारी मगर

Leave a Reply