प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

0

प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्।  भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको छ ।

चिकित्सकका अनुसार नयाँ मिर्गौलाले काम गर्न थालिसकेकाले अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको छ।  ‘नयाँ मिर्गौलाले काम गर्न थालेपछि पहिलो स्टेपको ‘डेन्जर जोन’ पार भयो। अबको केहीबेरमा प्रत्यारोपणको सबै काम सकिन्छ।’ चिकित्सकले बताए।  प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने छ।

Leave a Reply