ट्रेड यूनियन कांग्रेसको म्याग्दीले ७४ औ स्थापना दिवस मनायो

0

नेपाल ट्रेड युनियन कांग्रेसले बालगृहका बालबालिकालाई शैक्षिक साम्रागी वितरण गरेर ७४ औ राष्ट्रिय स्थापना दिवस मनाएको छ । नेपाल बाल संगठन द्धारा सञ्चालित बालगृहका अनाथ बालबालिकालाई साम्रागी हस्तान्तरण कार्यक्रममा बोल्दे बक्ताले पेशागत अधिकारको सुनिश्चित गर्दै सामाजिक कार्यमा समेत सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीमा सचिव मिन बहादुर कार्कीले पार्टी श्रमिकको पक्षमा रहेको बताउनुभयो । कार्यक्रममा बाल संगठन म्याग्दीका अध्यक्ष नेत्र बहादुर महतले बाल संगठनमार्फत जिल्लाभित्रका बेसाहरा बालबालिकालाई लक्षित गरी थप संरचना निर्माणको कार्यले तिब्रता पाएको बताउनुभयो ।

कार्यक्रममा ट्रेड यूनियन कंग्रेस म्याग्दीमा सभापति कोमलप्रसाद ढुंगानाले स्वरोजगार क्षेत्रलाई समेट्ने गरी सबैको लागि सामाजिक सुरक्षाको सुनिश्चितता गर्नु पर्ने, स्वदेशमै रोजगारको व्यवस्था, दोहोरो करप्रणाली खारेज लगायतका मुद्धालाई प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रमको स्वागत कोषाध्यक्ष सोमाकान्त सुबेदी र सञ्चालन सचिव बोधहरी सुबेदीले गर्नुभएको थियो ।

Leave a Reply