घरमा पालेको कुकुरमा समेत कोरोना भाइर संक्रमण देखियो

0

पहिलोपटक घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेकाहङकङका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो संगै कोरोनाले थप महामारी रुप लिने संकेत देखिएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेखित समाचार अनुसार पोमरेनियन प्रजातिको कुकुरको कडा निगरानीका साथ परीक्षण भइरहेको थियो ।  कुकुरको नाक वा मुख कोभिड–१९ संक्रमण हुन सक्ने सिँगान तथा ¥यालजस्ता चिजको सम्पर्कमा पुगेपछि संक्रमण देखिएको आशंका गरिएको छ । संक्रमण देखिएपछि उक्त कुकुरलाई क्वारेन्टाइनमा राखिने पनि साउथ चाइना मोर्निङ पोस्टले जनाएको छ ।

यसअघि जनावरबाट मानिसमा संक्रमण भएको भनिए पनि मानिसबाट जनावरमा संक्रमण भएको यो पहिलो घटना भएको विज्ञहरुले बताएका छन् । घरपालुवा जनावरको सरसफाइमा ध्यान दिनुको अलावा अत्याधिक चिन्तित हुन नपर्ने पनि स्वास्थ्यअधिकारीको भनाई छ।

अहिलेसम्म गरिएका खोज अनुसन्धान र प्रमाणका आधारमा कोभिड–१९ मानिसबाट मानिसमा मात्रै सरेको देखिएकाले नआत्तिन स्वास्थ्यकर्मीले अपिल गरेपनि पहिलोपटक मान्छेबाट जनावरमा देखिएको यो संक्रमणबाट सचेत हुनुपर्ने अधिकारकर्मीको भनाई उद्धित गदैं साउथ चाइना मोर्निङ पोस्टले लेखेको छ। गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड–१९ को संक्रमणबाट हङकङमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने १०३ जनामा संक्रमण देखिएको छ ।

Leave a Reply