म्याग्दी प्रवासी नेपाली संघ (मोना), हङकङले हालै आफ्नो २१ औ वार्षिक उत्सव मनाएको छ । मोना हङकङका निवर्तमान सल्लाहकार तथा समाजसेवी रुप प्रसाद पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उत्सवमा बोल्ने बक्ताले मोना हङकङमार्फत संस्थागत गतिविधिले हङकङमा रहेका म्याग्देलीलाई एकजुट बनाउन सफल भएको बताएका थिए।

प्रमुख अतिथि रुप प्रसाद पुन र अध्यक्ष कर्ण पुनले संयुक्तरुपमा पानसमा दिप प्रज्वलन गरेर २१ औ बार्षिक उत्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा बार्षिक गतिविधि, भावि योजना लगायतका बारेमा समेत छलफल गरिएको थियो । मोना आईईसीका महिला उपाध्यक्ष तथा मोना हङकङका उपाध्यक्ष आशा पुन, मगर संघ हङकङका अध्यक्ष युगमाँया राना, पुनमगर समाज हङकङका अध्यक्ष तथा मोना हङकङका सल्लाहकार गोमा पुन, पूर्व अध्यक्ष तथा संरक्षक दल सेर्बुजा, निवर्तमान अध्यक्ष तथा संरक्षक ईन्द्र एलजी थापामगर र निवर्तमान कोषाध्यक्ष तथा सल्लाहकार ज्ञानेन्द्र थापा तथा अतिथिहरुमा सल्लाहकार होम रोका, सल्लाहकार राजु गर्बुजा, सल्लाहकार बमबहादुर विक, सल्लाहकार श्रीसन मल्ल, महिला प्रमुख रुपा रामजाली, खेलकुद प्रमुख कमल पुन र साँस्कृति प्रमुख मनु पुन थिए। यसैबीच अध्यक्ष पुनले रिक्त पदमा नियुक्ति भएका कार्यसमितिका सदस्य कल्पना पाइजालाई खादाद्वरा वधाइ तथा स्वागत गरेका थिए। अध्यक्ष कर्ण पुनको अध्यक्षतामा सचिव जेवेन्द्र फगामीले संचालन र वरिष्ठ उपाध्यक्ष प्रमोद गिरीले स्वागतमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पुन, विशेष अतिथिहरु आशा पुन, युगमाया राना, गोमा पुन, ईन्द्र एलजी थापामगर, बम बहादुर विक र रुपा रामजालीले शुभकामना मन्तब्य राखेका थिए । उक्त अवसरमा अध्यक्ष पुनले कार्यक्रम सफल पार्न उपस्थित संरक्षक सल्लाहकार कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, मोना महिला विभाग लगायत अन्य उपस्थित सबैलाई हार्दिक धन्यवाद दिएका थिए।