कोरना भाइरस त्रास ! थकालीले फागु पूर्णिमामामा औपचारिक कार्यक्रम नगर्ने

0

विश्व व्यापक कोरोना भाइरसको माहामारीलाई मध्यनजर गरी थकाली जातिको महान चाड तोरन्लह म्हेर, फागु पूर्णिमामा कुनै सभा, वैठक तथा कुनै पनि ठूला समूहगत कार्यक्रम नगर्न थकाली सेवा समाज नेपाललले निर्देशन गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल समेत कोरोना भाइरसको उच्च जोखिममा रहेको रहेको सार्वजनिक गरेपछि पर्वको अवसरमा हुने भेटघाट, औपचारिक कार्यक्रमहरूलाई रोकेको केन्द्रिय अध्यक्ष सोमप्रसाद तुलाचनद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

समाजले चाडमा तारा पुर्जा अर्थात पितृलाई चढाउने बाहेक हुनै औपचारिक कार्यक्रम नगर्न देशभर रहेका समितिलाई पत्रचार गरेको छ । थकाली समुदायले पनि फागु पूर्णिमाको अवसरमा आफ्नो पितृहरुको सम्झना गर्दै आफ्ना छोरी ज्वाँई, भान्जाभान्जी, आफन्त तथा नातागोतालाई बोलाएर मीठामीठा परिकारहरु बनाएर खुवाउने प्रचलन रहेको छ ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार, उत्तरी अन्नपूर्ण गाउँपालिकाको दाना र भूरुङ–तातोपानी तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ क्षेत्रमा गरी जिल्लाभर झण्डै ३ सय घरधुरीको हाराहारीमा थकाली समुदायको बसोबास रहेको छ । यसैगरी नेपालमा १९ क्षेत्र तथा जापान र बेलायतमा एक–एक क्षेत्र रहेको थकाली सेवा समितिले जानकारी दिएको छ ।

पाँचवटा पर्व मनाउने थकाली समुदायमा सबैभन्दा प्रमुख चाड तोरन्ल पर्वलाई मानिएको छ । यस पर्वको अवसरमा थकाली समुदायको अभिन्न अङ्ग मानिने तारो हान्ने खेल (धनुषवाण) आयोजना गरिएको छ । म्याग्दीमा पर्वको भब्य समारोहका बीच मनाउने तयारीलाई समेत औपचारिक रुपमा मनाउने निर्णय भएको थकाली सेवा समिति बेनी क्षेत्र कार्यालयले जनाएको छ ।

Leave a Reply