कोरोना संक्रमितकाे संख्या १ लाख नाघ्याे : ३४ सय बढीको मृत्यु, ५७ हजार बढी निको भए

0
चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओे)का अनुसार शनिबारसम्म १ लाख २ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखा परेको हो । सबैभन्दा बढी चीनमा काेराेनाकाे संक्रमण भएकाे छ । अहिलेसम्म चीनमा ८० हजार ६ सयभन्दा बढी संक्रमित देखिएका छन् । चीनबाहिर २१ हजार ३०० भन्दा बढीमा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

चीनपछि दक्षिण कोरियामा सबैभन्दा बढी कोरोनाको संक्रमण देखा परेको छ । अहिलेसम्म दक्षिण कोरियामा ६ हजार ५९३ जनामा देखिएको छ । त्यस्तै इरानमा ४ हजार ४४७ र इटालीमा ६ हजार ६३६ जनामा कोरोनाको संक्रमण भएको छ ।

‘डाइमोन प्रिन्सेस’मा ६९६, जापानमा ४२०, जर्मनीमा ६७०, स्पेनमा ४०१, अमेरिकामा ३१९, स्वीजरल्याण्डमा २१४, बेलायतमा १६४, स्वेडेनमा १३४, सिंगापुरमा १३०, नेदरल्याण्डमा १२८, नर्वेमा १२७, बेल्जियममा १०९ र हङकङमा १०८ जनाको देखिएको छ । अरु मुलुकमा भने १०० भन्दा कममा संक्रमण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

३ हजार ४०० भन्दा बढीको मृत्यु

विश्वभर अहिलेसम्म काेराेनाका कारण ३ हजार ४०० भन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म ३ हजार ४९४ जनाको मृत्यु भइसकेको छ ।

स्राेत : विश्व स्वास्थ्य संगठन

सबैभन्दा बढी चीनमा मृत्यु भएको छ भने दोस्रोमा इटाली र तेस्रोमा इरान रहेको छ । अहिलेसम्म चीनमा ३ हजार ७० जनाको मृत्यु भएको छ भने इटालीमा १ सय ९७ र इरानमा १ सय ९४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

दक्षिण कोरियामा ४३, ‘डाइमोन प्रिन्सेस’मा ६, फ्रन्समा ९, जापानमा ६, स्पेनमा ८, अमेरिकामा १५, इराकमा ४ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै हङकङ र अस्ट्रेलियामा २/२, स्वजरल्याण्ड, बेलयात, थाइल्याण्ड, ताइवान, सन मारिनो, फिलिफिन्समा एक/एक जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

५७ हजार ६०० भन्दा बढीलाई निको

कोरोना भाइरसका कारण बिरामी परेका ५७ हजार ६०० भन्दा बढी पूर्णरूपमा निको भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबारसम्म ५७ हजार ६ सय ९ जना पूर्ण रुपमा निको भएका छन् ।

चीनामा ५५ हजार ४ सय २, दक्षिण कोरियामा १ सय ३५, सिंगापुरमा ८२, ‘डाइमोन प्रिन्सेस’मा २ सय १२, इटालीमा ५ सय २३, इरानमा ९ सय १३, जापानमा ४९, हङकङमा ५१, थाइल्याण्मा ३१, मलेसियामा २३ र अस्ट्रेलियामा २२ जना पूर्ण रुपमा निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यस्तै बेलयातमा १८, जर्मनीमा १८, ताइवानमा १५, फ्रान्समा १२, भियतनाममा १६, अमेरिकामा १५, मकाओमा १०, क्यानाडामा ७, स्वीजरल्याण्डमा ६ बेलायतमा १८ र स्पेनमा ६ जना पूर्ण रुपमा निको भएका छन् ।

ओमन, फिलिपिन्स, रुस, बराइन, स्वीडेन, आइसल्याण्ड, बेल्जियम, इजरायल, फिनल्याण्ड, नर्वे, मेक्सिको, रोमानिया, इजिप्ट, कम्बोडिया, नेपाल, श्रींलकामा पनि काेराेनाबाट संक्रमण देखिएका केही पूर्ण रुपमा निको भएका छन् ।

नेपालमा चीनकाे वुहानबाट सुरूमै फर्केका एक जनामा मात्रै देखिएकाे थियाे, हाल उनी पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले नेपालका काेराेनाकाे कुनै पनि संक्रमण देखिएकाे छैन तर सावधानी भने अपनाउनु पर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनले नेपाल काेराेनाकाे उच्च जाेखिम भएकाे देशमा राखेकाे छ ।

Leave a Reply