नमस्ने बहुउद्देश्यीय सहकारीको अध्यक्षमा तुलसीनाथ सुवेदी

0

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं बार्षिक साधारणसभा तथा पांचौ अधिबेशनबाट तुलसीनाथ सुवेदी (रामप्रसाद) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश पौडेल,सचिब मदन सुबेदी, कोषाध्यक्ष माधब आचार्य,सह–सचिब स् इन्दिरा शर्मा रहेका छन् । समितिको कार्यसमिति सदस्यहरूमा तेज बहादुर राइर्,सीता चोखाल खत्री, किशोर श्रेष्ठ,केशवराज आचार्य र भिमनाथ रेग्मी रहेको पूर्व अध्यक्ष सन्तोष रावलले बताए ।उनका अनुसार अधिवेशनबाट लेखा समिति संयोजकमा धुब्रराज कार्की, सदस्यमा अमर बोगटी र अच्युत गिरी चयन भएका छन् । अधिवेशनको उद्घाटन गदैं संस्थाका संस्थापक अध्यक्ष दिपेन्द्र श्रेष्ठ ‘दिपु’ले सहकारीमार्फत बचत तथा कर्जासँगै समाजिक कार्यहरुलाई समेत निरन्तरता दिने बताए । उनले सहकारी सञ्चालनमा चुनौती र अवसर दुवै रहेको बताए । सोही अवसरमा पूर्व अध्यक्ष सन्तोष रावलले सहकारीमार्फत गर्नुपर्ने थप योजनाहरुका बारेमा मन्तब्य राखेका थिए ।

साधारणसभामा सचिव तुलसीनाथ सुबेदी द्धारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष पूर्णबहादुर बानियाँको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । १ करोड ११ लाख शेयर पुँजी रहेको सहकारीमा निक्षेप ३ करोड ६० लाख र कर्जा ३ करोड ५७ लाख रहेको छ । साधारणसभाको अध्यक्षता धनञ्जय कुमार श्रेष्ठ, स्वागत उपाध्यक्ष धुब्रराज कार्की र सञ्चालन सचिव तुलसीनाथ सुबेदीले गरेका थिए ।

Leave a Reply