नेपालबाटअस्ट्रेलिया पुगेका विद्यार्थीमा कोराना संक्रमण

0

नेपालबाट अस्ट्रेलिया पुगेका एक विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पूर्ण परिचय नखुलाइएको २० वर्षीय संक्रमित विद्यार्थी नेपालदेखि सिंगापुर ट्रान्जिट हुँदै गत फेब्रुअरी २६ मा अस्ट्रेलिया पुगेको अस्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार होबर्ट होटेलमा काम समेत गर्ने विद्यार्थी हुन् । गत शुक्रबार उनको स्वास्थ्य परीक्षण गरी रिपोर्ट नआउन्जेल स्व–क्वारेन्टाइनमा बस्न सुझाव गरिएको थियो। परीक्षणको रिपोर्ट शनिबार अबेर आएपछि संक्रिमित विद्यार्थीलाई शाही होबर्ट अस्पतालमा आइसोलेसनमा राखिएको छ। उनको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको स्वास्थ्य विभागले बताएको छ।त्यस्तै सँगै बस्ने उनका तीन साथीलाई समेत दुई साताका लागि क्वारेन्टाइनमा राखिएको छ।

Leave a Reply