प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्डमा स्नान गर्न अनिर्वाय माक्स

0

एकैदिन ३ सयसम्म बिरामी स्नान गर्ने कुण्डमा आउने बिरामीलाई लक्षित कुण्ड ब्यवस्थापन समितिले स्वास्थ्य सम्बन्धि जानकारी सहित विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।

स्वदेश तथा विदेशका ठुला अस्पतालमा प्याथोलोजी र आयूर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर अन्तिम विकल्पको रुपमा कुण्डमा विरामी आउने विरामीबाट रुघाखोकी लगायत विभिन्न रोग सर्न सक्ने सम्भावनालाई मध्यनजर गरी अनिवार्य माक्सको ब्यवस्था गरिएको छ भने कुण्डमा विभिन्न संघसंस्थालाई सचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालनका लागि सहयोग गरिएको कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो । गर्मी महिनामा बिरामीको अत्याधिक चाप हुने, सरुवा रोग समेत सर्ने सम्भावनालाई मध्यनजर गरी म्याग्दी जेसीले समेत सचेतनामुलक कार्यक्रम गरेको छ । ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, नसा तथा शरीरमा देखिएका विभिन्न किसिमका रोगको निको हुने जनविश्वासका साथ नेपालका करिब सबै जसो जिल्लाबाट कुण्डमा आउने गरेका छन् । कुण्डको बाहिर दुईवट पोखरी र भित्र बाथटपको सुविधा रहेको छ । वीरेनून र गन्ध (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ ।

कुण्डमा रुघाखोकी लागेका बिरामीलाई आवश्यकतालाई मध्यनजर गरी छुट्टै ब्यवस्था समेत गरिने ब्यवस्थापन समितिले जनाएको छ । डेढ÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर २० मिनेटसम्म बलाङंकेट, पलाष्ट्रिक काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट खलखल पसिना निकाल्ने गरिएकाले सकेसम्म नजिकै नबस्न समेत सुझवा दिइएको छ ।

म्याग्दी जेसीजको सचेतना
तातोपानी कुण्डमा डुब्न आएका बिरामीलाई म्याग्दी जेसीजले विश्वब्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसबाट जोगिन सचेतनामुलक कार्यक्रम गरेको छ । जेसिले तातोपानी कुण्डमा स्नान गरेर उपचारका लागि देशका विभिन्न ठाउँबाट आएका सर्वसाधारणहरुलाई कोभिड १९ नोबेल कोरोना भाइरसको कारणल, लक्ष्यण र बच्ने उपायको विषयमा पावर पोइन्ट मार्फत प्रस्तुतिका साथै पर्चा वितरण गरेको हो ।

स्वास्थ्यकर्मी समेत रहनुभएका जेसी कुमार बानियाले सचेतना कक्षासंगै एक हजार २०० थान पर्चा वितरण गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष सुजन बरुवालले बताए । कार्यक्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्य, म्याग्दी जेसीजका निवर्तमान अध्यक्ष खम थापामगर, पुर्व अध्यक्ष बिनय श्रेष्ठ, लगायतको उपस्थिति थियो ।

Leave a Reply