अष्ट्रेलियाको मेलबर्नमा यति फुटबल क्लब द्वारा आयोजित १० औं कडेंल कन्सल्टेन्सी कप २०२० को फाइनल खेलमा फरेभर योङफुटबल क्लब (FYFC) ब्रिसबेन लाई पेनाल्टी सुट आउट ले पराजित गर्दै बेनी फुटबल क्लब (BFC) ले १० औं कडेंलकन्सटेन्सी कप २०२० को उपाधी जित्न सफल भएका

२४ टिमले सहभागीता जनाएको प्रतियोगितामा बेनी एफसीले फाइनल खेल फरेभर योङग फुटबल क्लब सँग निर्धारित समय सम्मगोल रहित बराबरीको खेल खेलेको थियो बराबरी पछिको पेनाल्टी सुटआउटमा बेनी एफसीले तिन प्रहारलाई गोलमा परिनत गरेकाथिए भने फरेभर योङगको अन्तिम प्रहारलाई बेनी एफसीका गोलकिपर बिबेक अधिकारीले उत्कृष्ट ढङगले बचाउ गर्दै सहभागिताको तेस्रो वर्षमा नै यति कपको डलर ४००० नगद मेडल र कप उचाल्न सफल भएको थियो भने उपविजेता टिमले नगद डलर २००० मेडल र कप प्राप्त गरेको थियो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता फरेभर योङगका जगजित श्रेष्ठ र सर्वोत्कृष्ट गोलकिपरको यति फुटबल क्लबका एलिन न्यौपाने बनेका थिए ।

बेनी एफसीको तर्फबाट पेनाल्टीमा कप्तान वर्षाद फगामी, बाबु बानिया हेमन्त गुरुङले प्रहार गर्दै गोल गर्न सफल भएका थिए भने फरेभर योङगको तर्फबाट कप्तान रोसन न्यौपाने, जगजित श्रेष्ठको प्रहार गोलमा परिनत भएको थियो तर अन्तिम प्रहार गरेका स्यामुल श्रेष्ठको प्रहारलाई बेनी एफसीका गोलकीपरले बचाउ गर्द उपाधीमाथी कब्जा गर्न सफल भएको थियो जित पछि बेनी एफसीका कप्तान वर्षाद फगामी  अध्यक्ष रोशनखत्रीले सयुक्त रुपमा सम्पूर्ण सहयोगी संस्था सर्मथकलाई धन्यवाद दिएका थिए।

खेलाडी हेमन्त गुरुङ प्रतियोगिताको सार्वोकृष्ट खेलाडी घोषित भएका थिए भने बिबेक अधिकारी म्यान अफ दि म्याच घोषित भएका थिए।

अघिल्लो हप्ता २१ औं बर्ष देखि अष्ट्रेलियामा गोर्खा नेपलिज कम्युनिटी द्वारा संचालित नेपाली समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताओली एण्ड एशसिएसन GNC Premier League १९/२० मा खेल बाँकी रहँदै चम्पियन बन्दै दोश्रोै पटक इतिहास रच्न सफलभएको बेनी एफसीले दुई हप्तामा दुई उपाधी उचाल्न सफल भएको हो।