कोरोना भाइरसको त्रासका कारण यस वर्षको होली कम उच्छृङखल

0
कोरोना भाइरसको त्रासका बीचमा मास्क लगाएर पनि काठमाडौंमा धुमधामका साथ होली मनाइएको छ । होलीपूर्व नै सुरक्षा निकायले सचेत गराएका कारण होली खेल्ने क्रममा यस वर्ष उच्छृङ्खल गतिविधि कम भएपनि ८० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै सांस्कृतिक पर्व होलीलाई ठूलो कार्यक्रमको आयोजना नगर्न र सार्वजनिक कार्यक्रममा नखेल्न आग्रह गरेको थियो । जसनुसार होलीमा कुनै अवान्चित गतिविधि भने हुन पाएनन् ।

तर, पनि जबर्जस्ती रङ दल्ने, लोला हान्ने, फोहोर पानी छ्याप्ने र मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपी, होलीको बहानामा काठमाण्डौ उपत्यकामा उच्छृङ्खल गतिविधि गर्ने सात महिलासहित ८० जना पक्राउ परेका हुन् ।

काठमाण्डौबाट सात महिलासहित ५९ जना पुरुष तथा ललितपुर र भक्तपुरमा सात–सात जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने र होहल्ला गरेकाले पक्राउ गरिएको हो । यस्तै, ट्राफिक नियम उलंघन गर्ने ७ सय भन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारवाही गरिएको छ । मादक पदार्थ सेवन (मापसे) गर्ने, तीन जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारवाही गरिएको छ ।

होली सद्भाव र संस्कृतिलाई जगेर्ना गर्ने उत्सव हो । तर, उत्सवको बहानामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हो हल्ला गर्दै हिंड्दा संस्कृति भड्किलो बन्न सक्छ । त्यसैले पर्वलाई भड्किलो बनाउनुभन्दा सद्भाव बढाउने अवसरका रुपमा ग्रहण गर्न जरुरी छ ।

Leave a Reply