यसकारण गर्भनरमा मीनबहादुर श्रेष्ठ कमजोर पात्र होईनन्

0

चिरन्जिवी नेपालको कार्यकाल सकिनैलाग्दा मुलुकको नयाँ गभर्नर को बन्ला भन्ने विषयमा चर्चा चुलिएको छ। गभर्नर नेपाल चैत ५ मा अवकाश हुँदैछन्।

अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरू नयाँ गभर्नर कसलाई बनाउने भन्ने विषयमा अहिलेसम्म अर्थमन्त्री युवराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच खासै छलफल हुन नपाएपछि आजको नागरिक दैनिकले छापेको समाचारमा म्याग्दीका मीनबहादुर श्रेष्ठको सम्भावनालाई समेत बलियो मानिएको छ ।

तीनजनाको कडा प्रतिस्पर्धाको अनुमान गरिएकोमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष श्रेष्ठलाई नेकपाका अध्यक्ष प्रचण्डको साथ रहेको बताएको छ ।

प्रचण्ड प्रधानमन्त्री हुदाँ योजना आयोगबाट केही लोकप्रिय कार्यक्रमहरु सार्वजनिक गरेका श्रेष्ठलाई तत्कालिन समयमा माओवादी सर्मथितको रुपमा चिनिएपनि हालका अर्थमन्त्री यूवराज खतिवडाले राष्ट्रबैकमा समेत उचित स्थान दिएका थिए । आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकता दिने गरेका श्रेष्ठको दावेदारीमा प्रधानमन्त्री ओलीका तर्फबाट अहिलेका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, अर्थमन्त्री खतिवडाका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी रहेको बताइन्छ ।

तीन जना प्रतिस्पर्धीमा प्रचण्डले ओलीलाई मनाउन सकेमा गर्भनरमा श्रेष्ठको पक्कापक्की जस्तै रहेको स्रोतको भनाई छ।प्रचण्डले अर्थमन्त्रीमा यूवराज खतिवडालाई निरन्तरता दिन प्रधानमन्त्री ओलीलाई साथ दिने र ओलीले गर्भनरमा प्रचण्डको प्रस्तावलाई समर्थन जनाएमा हालै हिमाली जिल्लाको रुपमा घोषित म्याग्दीमा जन्मिएका श्रेष्ठले राष्ट्र बैक हाक्ने अवसर पाउने छन्।

श्रेष्ठले नेपाललाई समृद्ध बनाउन आत्मनिर्भर अर्थतन्त्र अर्थात स्वदेशमै सम्भावना भएका क्षेत्रमा लगानीको वातावरण बनाउने, रेमिट्यान्स लगायतका अल्प आम्दानीका स्रोतहरुको विकल्पमा कृषि र पर्यटनमा लगानी गर्ने जस्ता विभिन्न योजनामा आफ्नो प्रस्ट भिजन प्रस्तुत गर्ने गरेका छन् । हाल प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावलाई अस्वीकार गर्ने अवस्था पनि छैन् । ओली पार्टीको सचिवालयमा बलियो हुन पनि प्रचण्डको प्रस्तावलाई स्वीकार गर्नुपर्ने अवस्था छ ।

उनको मोडालिटीमै हरियाली ग्रपुले म्याग्दीमा कृषिमा लगानी गरेको छ भने त्यसलाई देशभरकै स्थानीय तहमा विस्तारको योजना समेत बनाइएको छ । अर्को तर्फ तत्कालिन नेकपा एमाले र माओवादी एकिकरणपछि नेकपा बनेसँगै श्रेष्ठ कम्युनिष्ट आन्दोलनका पुराना सर्मथम समेत हुन् ।

नेकपा म्याग्दीको श्रेष्ठ संस्थापक सदस्य नै हुन् भने उनी प्रतिनिधिसभा र प्रदेश सभामा तत्कालिन एमाले र माओवादीका उम्मेदवारलाई विजय बनाउन लामो समय म्याग्दीमै खटिएका थिए। उनले हालको पार्टीलाई आफ्नो बौद्धिक तथा सांगठनिक योगदान समेत दिएका छन्। गतबर्ष नेकपामा अध्यक्ष प्रचण्ड, गृहमन्त्री सहितको टोली म्याग्दी आउँदा समेत ब्यवस्थापन लगायतमा फिल्डमै खटिएका थिए ।

जसले वर्तमान सरकारलाई गर्भनरमा श्रेष्ठलाई अगाडी बढाउन सहज वातावरण बन्ने छ । हाम्रोलाई भन्दा राम्रोलाई हेर्दा पनि गर्भनरमा श्रेष्ठलाई अगाडी बढाउँदा कम्यूनिष्ट सरकारको निति तथा कार्यक्रमलाई समेत सहयोग पुग्ने स्रोतको भनाई छ । ओली सरकारका विभिन्न योजनाहरुमा समेत श्रेष्ठले काम गरेका छन् ।

उनले वर्तमान सरकारलाई सर्मथन पुग्ने गरी विभिन्न लेख तथा गतिविधिमा समेत साथ दिएकाले प्रधानमन्त्री र अर्थमन्त्रीले समेत श्रेष्ठलाई नकरात्मक दृष्टिकोरणबाट हेर्दनन् । अर्कोतर्फ हालै राष्ट्रिय सभामा मनोनित भएका नेकपामा नेता नारायणकाजी श्रेष्ठ लगायतका अन्य प्रभावशाली नेताहरुले समेत प्रधानमन्त्री ओलीलाई मनाउन सकेमा आगामी गर्भनरमा श्रेष्ठ सबैभन्दा बलियो उम्मेदवार बन्ने निश्चित छ।

मुलुकको अर्थतन्त्रको जिम्मेवारी लिएको हिसाबले व्यवहारिक रुपमा हेर्दा गभर्नर छान्ने अधिकार अर्थमन्त्रीको भएपनि अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीको इच्छा विपरित जाने सम्भावना छैन् । नेकपाको सचिवालयको बैठकमा अधिकांस अर्थमन्त्रीको विपक्ष देखिएको अवस्थामा प्रधानमन्त्री एक्लै उनको पक्षमा उभिएकाले पनि अर्थमन्त्रीले प्रधानमन्त्रीले प्रस्तुत गरेका पात्रलाई नै रोज्ने निश्चित छ । विगतदेखि नै गभर्नर छनोट प्रधानमन्त्रीको इच्छामा हुँदै आएको छ।

Leave a Reply