म्याग्दी प्रवासी नेपाली संघ स्पेन तेस्रो मोना कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेपालीहरुको चाड चैते दशैं तथा नयाँ बर्ष २०७७ सालको पावन अवसरमा प्रतियोगिता गर्ने भएको हो स्पेनमा रहेका म्याग्देलीहरुको साझा संस्था मोनाले खेलकुदसँगै शुभकामना आदानप्रदान लगायत विभिन्न कार्यक्रम गर्ने गरी आगामी अप्रिल ५ तारिक आइतबार कवाड हलमा कार्यक्रम गर्ने मोना स्पेनका अध्यक्ष लक्ष्मण खत्रीले बताए ।

उनका अनुसार स्पेनमै सर्वाधिक राशीको खुल्ला भलिबलमा उत्साहजनक सहभागिताको अपेक्षा गरिएको छ ।प्रतियोगितामा प्रथम पुरस्कार ७०१ यूरो, दोस्रो ४०१ यूरो रहेको छ । त्यस्तै टिम दर्ता शुल्क १५० यूरो रहेको मोना स्पेनले जनाएका छ। प्रतियोगितामा सहभागी हुनेले मार्च ३१ भित्र गर्नुपर्ने छ । मोना स्पेनले खेलकुद प्रतियोगितासँगै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।

प्रतियोगितात्मक कार्यक्रमसँगै म्याग्दीमा विभिन्न रोगबाट ग्रसित बिरामीको उपचार, प्राकृतिक विपत्ती लगायतमा समेत सहयोग गर्ने गरेको मोना स्पेनका खगेन्द्र बुढाथोकीले बताए। प्रतियोगिता सहित शुभकामना आदानप्रदान कार्यक्रमममा स्पेनमा रहेका विभिन्न संघसंस्थाबा सहभागीताको अपिल समेत गरिएको छ ।

(मिति :- ५ अप्रिल २०२० आइतबार स्थान : Paral-le ( बिरालो पार्क को नजिकै कवाड हल ) समय :- दिनको ठीक १४:०० बजे देखि १९:०० बजे सम्म नाम दर्ता अन्तिम मिति :- ३१ मार्च २०२० दिनको ठीक १६:३० सम्म विस्तृत जानकारीको लागि :- लक्ष्मण खत्री ६३११४६०५५ :- पदम पुन ६४५४०४२०१ :- खगेन्द्र बुढाथोकी ६३२५९१०७३ :- विमल खड्का ६३१९८०६३४ :- सुरेश शर्मा ६३१८१०७२७ सचिवालय )