दिउँसै चितुवाको आक्रमणले पर्वतमा ७१ बर्षिय बृद्ध घाइते

0

पर्वतको कुस्मा नगरपालिका वडा नं २ खुर्कोटमा चितुवाको आक्रमणबाट एक जना बृद्ध घाइते हुनुभएको छ । कुस्मा नगरपालिका २ खुर्कोट तीन मुरे बस्ने ७१ बर्षिय बृद्ध शेषकान्त शर्मा चितुवाको आक्रमणबाट घाइते हुनुभएको हो।
घर नजिकैको वनमा घाँस काट्न गएको बेला मंगलबार दिउँसो बृद्ध शर्मालाई चितुवाले आक्रमण गरेको थियो ।

आक्रमणबाट हात लगायतका ठाउँमा चोट लागेको र आफुँ भिरबाट खसेपछि चितुवा भागेको घाइते शर्माले बताउनुभयो। घाइते शर्माको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । उहाँको अबस्था भने सामान्य नै रहेकोछ ।
एक साता देखि खुर्कोटकै छिमेकी कुस्मा नगरपालिका ३ दुर्लुङ्ग घोगेनीमा चितुवाले लगातार पशु चौपाय मारेपछि सर्वसाधरण त्रसित भैरहेका छन File photo

Leave a Reply