कोरोना भाइरसको सन्त्रास ! छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशन स्थगित

0

विश्व व्यापक कोरोना भाइरसको माहामारीलाई मध्यनजर गरी नेपाल छन्त्याल संघ केन्द्रिय समितिको सातौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ ।

दाङ, जिल्लाको तुलसीपुरमा आगामी चैत्र ७–९ गते हुने ७ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा नेपाल सरकारले कुनै सभा, वैठक तथा कुनै पनि ठूला समूहगत कार्यक्रम नगर्न गरेको पत्रचारलाई आधार गरी अर्को सूचना जारी नहुदाँसम्म् कार्यक्रम स्थगित गरिएको संघका अध्यक्ष मनमोहन छन्त्यालले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार विभिन्न क्षेत्रबाट आवतजावतमा समेत समस्या हुने र महाधिवेशन नै प्रभावित हुने भएकाले अनुकुल वातावरण भएलगत्तै अर्को मिति सार्वजनिक गरिने बताए । विश्व स्वास्थ्य संगठनले नेपाल समेत कोरोना भाइरसको उच्च जोखिममा रहेको सार्वजनिक गरेपछि नेपाल सरकारले देशभर सभासम्मेलन गर्न रोक लगाएको थियो ।

‘अस्थित्व, मौलिक पहिचान र अधिकारको लागि हाम्रो आन्दोलन, ऐतिहासिक छन्त्याल स्वायत्त क्षेत्रको पक्षमा सातौ राष्ट्रिय महाधिवेशन भन्ने मूल नाराका तय गरिएको थियो । महाधिवेशनका लागि ६३ जनाको मुल आयोजक समितिले तयारीलाई तिब्रता दिएको थियो ।

छन्त्यालहरूको सघन बसोबास भएका प्रदेश नं। ३, ४, ५ मा प्रदेश समितिका साथै म्याग्दी, बागलुङ, गुल्मी, सुर्खेत, मुस्ताङ काठमाडौं, कास्की, रुपन्देही, दाङ जिल्लामा संघका साथै ७० वटाभन्दा बढी प्रारम्भिक गाउँ समिति, छन्त्याल युवा संघ, छन्त्याल महिला संघ, छन्त्याल विद्यार्थी संघ, छन्त्याल अनुसन्धान केन्द्र गरी ४ वटा रहेको महासंघले जनाएको छ । म्याग्दी र बागलुङ जिल्लाका क्षेत्र÷इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणना अनुसार छन्त्यालहरू ४३ जिल्लामा छन् ।छन्त्याल जातिको जनसंख्या ११ हजार ८ सय १० छ रहेकोमा म्याग्दीमा मात्रै ३८ सय ८९ जना रहेको छ ।

Leave a Reply