म्याग्दी बहुमुखी क्याम्पसका बिहिबार बैकिङ हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ । क्याम्पस ब्यवस्थापन संकाय विभागको आयोजना र नेपाल बैंक लिमिटेडको सहयोगमा ब्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई समग्र बैंकिङ विषयलाई समेटेर हाजिरी जवाफ सहित बैंकिङ साक्षरताको पनि वृद्धि हुने गरी कार्यक्रम गरिएको थियो ।

ब्यवस्थापन संकाय विभागका प्रमुख नारायण सुबेदीले सञ्चालन गरेको कार्यक्रममा नेपाल बैक बेनी शाखाका प्रमुख मोहन प्रसाद लामिछानेले बैकिङ करियरका बारेमा जानकारी दिनुभएको थियो ।

विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभावका बारेमा जानकारी गराउनुभएको थियो ।

नेपाल बैंक बेनी शाखाले क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई इन्टनसीपको सुविधा समेत दिएको बताउँदै ब्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको पहिलो रोजाई वित्तिय क्षेत्र भएमा सहज हुने प्रबन्धक लामिछानेको भनाई थियो । कार्यक्रममा नेपाल बैंकका सहायक प्रबन्धक सुभाष थापा मगरले हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदी, पशुपतिनाथ ढकाल, निवर्तमान क्याम्पस प्रमुख टिकाराम सापकोटा लगायत विद्यार्थीको उल्लेखनीय उपस्थिती रहेको थियो । यसैबीच हाजिरी जवाफ प्रतियोगितामा पाँचवटा समुहको उपस्थिती रहेको थियो । प्रतियोगितामा विष्णु सुबेदीको समुह प्रथम, सुजित विकको समुह द्धितिय र कुसुम पुर्जाको समुह तृतिय भएका थिए ।

प्रतियोगितामा विजेताले क्रमश ४५ सय, ३ हजार र २४ नगद र प्रमाणपत्र प्राप्त गरेका थिए । नेपाल बैंकले म्याग्दीले ग्राकहरुलाई बैंकिङ्ग सेवाको अतिरीक्त सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकिङ्ग सचेतनामुलक कार्यकम तथा सहयोग गर्ने गरेको छ । यसअगाडी समेत क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । बैंकले ग्राहकको सेवालाई सहज हुने गरी टोकन प्रणाली, दु्रत गतिको सेवाका लागि विभिन्न संरचनाहरु समेत तयार गरेको छ ।