आफ्नै छोरीलाई करणी गर्ने बाबुमाथि प्रहरीले थाल्यो अनुसन्धान

0
कपिलवस्तुमा बाबुले आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने गरेको घटना बाहिरिएको छ ।जिल्लाको वाणगंगा नगरपालिका–८ ढोडेकोल बाडीगाउँ सुकुम्बासी बस्तीमा बाबुले आफ्नै छोरीलाई विगत दुई वर्षदेखि जबरजस्ती करणी गर्दै आएको खुलासा भएको हो । गत शुक्रबार मात्रै श्रीमानले आफ्नै १६ वर्षीया छोरीलाई करणी गरेको थाहा पाएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाएलगत्तै प्रहरीले बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

यो घटना गत आइतबार मात्र बाहिरिएको हो । अहिले यौन पिपासु बुबाको मेडिकल जाँच गरेर डीएनए परीक्षणका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनले दुई वर्ष अगाडि देखिनै विभिन्न धम्की दिदै जबरजस्ती करणी गर्दै आएको पीडित किशोरीले बताएकी छन् ।दिदीलाई आफ्नै बुबाले जबरजस्ती करणी गरेको नौ वर्षीया कान्छी बहिनीले देखेपछि आमालाई बताएकी थिइन् । त्यसपछि आमाले प्रहरीलाई गुहारेकी हुन् । news24nepal.tv

Leave a Reply