कोरोना भाइरसबाट पहिलाेपटक भारतमा एक जनाको मृत्यु

0

 कोरोना भाइरसका (कोभिड–१९) कारण भारतमा एक जनाको मृत्यु भएको छ ।भारतिय सञ्चारमाध्यको अनुसार भारतको कर्नाटक कालबुर्गीमा काेराेना भाइरसबाट ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक राज्य सरकारले उनको मृत्यु भएको पुष्टि गरेको छ । हिन्दी बीबीसीको अनुसार उनी साउदी अरबबाट हालै भारत फर्किका थिए । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

ती व्यक्तीको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएपछि सरकारले उनी को–कोसँग सम्पर्कमा थिए भन्नेबारे अनुसन्धान गरिरहेको छ। उनीसँग सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेसनमा राख्न थालेको छ।उनी उपचारका लागि तेलंगानाको एउटा निजी अस्पतालमा गएको र यसबारे तेलंगाना सरकारलाई पनि सूचित गरिएको विभागले जनाएको छ।

भारतको केन्द्रीय सरकारले जारी गरेको विज्ञप्ति अनुसार साउदी अरबबाट फर्केपछि उनलाई सास फेर्न समस्या हुनुका साथै खोकी र निमोनिया लागेको थियो ।यो समाचार तयार परिसक्दा भारतमा ५७ जनामा कोरोनको संक्रमण देखिएको छ ।

Leave a Reply