म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख किन्दुका प्रेम पूर्जाले ४४ लाखको लगानी चौरीपालन ब्यवसायलाई विस्तार गरेका छन् । छिमेकी मुस्ताङको लेतेबाट ७३ चौरी किनेर ल्याएका हुन् । चौरीपालनबाट राम्रो आम्दानी हुने भएपछि चौरीको संख्या बढाउन र गोठ सुधार लगायतका योजनामा थप लगानी गरेको पूर्जाले बताए ।

शिखको पाउद्धार, खोप्रा, किन्दु लगायत उच्च पहाडी क्षेत्रको जङ्गल प्रयोग गरी चौरीपालन गर्न सकिने बताए । ३० वटा चौरीबाट प्राप्त आम्दानीलाई समेत जोडेर थप लगानी गरेको बताए । केहीबर्षभित्र १ सय ३० चौरी पु¥याउने लक्ष्य रहेको पूर्जाले बताए । चौरीको दुधबाट बनेको घिउका साथै याकको मासु र रगत पनि बिक्रीबाट समेत राम्रो आम्दानी हुने गरेको छ ।

उच्च हिमाली क्षेत्रमा पाईने यार्सागुम्वु, निरमसी, पाँचऔले र जटामसी जस्ता जडिबुटीहरु खाएर बांचेका चौरीगाईको आलो रगत पिउन म्याग्दीका साथै विभिन्न जिल्लाबाट सयौंको संख्यामा आउने गरेका छन् ।

बर्षमा दुईपटक एउटा चौरीगाईबाट कम्तीमा २०–२५ गिलास र बढीमा ६०–६५ गिलास सम्म आलो रगत निकालिन्छ । एक गिलास रगत पिएवापत २ सय रुपैयां सम्म बिक्री हुने गरेको छ । चौंरीको आलो रगत र माशु खएमा यौन उत्तेजना बढ्नुका साथै बाथ, नसादुख्ने, उच्च रक्तचाप लगायतका दर्जनौ रोग निको हुने जनविस्वास रहेको छ । सेते तिलिजा