नेकपा बेनपाको रत्नेचौर र ज्यामरुककोटमा कार्यक्रम

0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेनी नगर कमिटी म्याग्दीको आयोजनामा आइतबार बेनपा–१ रत्नेचौर र २ ज्यामरुककोटमा कार्यक्रम सम्पन्न भएको छ । नेकपाको तीन महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्तर्गत कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहजीकरण गर्दै नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले नेकपा नेतृत्वको वर्तमान सरकारले गरेका कामकार्वाहीलाई आम जनतामाझ पु¥याउन स्थानीय नेता तथा कार्यकर्तालाई सुझाव दिएका छन् । उनले केपी ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई आत्मसाथ गर्दै विभिन्न किसिमका जनमुखी कार्यक्रमहर ल्याएको बताए ।

बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले कम्युनिष्ट सरकारले मात्रै जनताको पिरमर्का बुझ्ने बताउँदै सोही अनुसार सामाजिक सुरक्षाभत्ता, लोर्डसेडिङमुक्त, विकास निर्माणलाई प्राथमिकता र अन्तर्राष्ट्रिय सम्बनधलाई सुदृढ बनाएकोमा जोड दिए । कार्यक्रम नेकपा रत्नेचौरका वडा कमिटी अध्यक्ष पदमबहादुर रावलको अध्यक्षता र सचिव नरबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैगरी ज्यामरुककोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले लामो समयको प्रतिक्षा र नेपाली जनताको बलिदानबाट देशले स्थायी सरकार पाएको बताए ।

उनले नेपाली जनताको आर्थिक अवस्था सुधार गर्नेगरी सरकारले काम गरिरहेको भन्दै देशको विकास निर्माणलाई तीव्र रुपमा अगाडि बढाएको बताएका थिए । बेनी नगर कमिटी सचिव राजकुमार थापाले अभियानका क्रममा पार्टी एकतालाई सुदृढ बनाउँदै सरकारका कामलाई जनतामाझ पु¥याइने जानकारी दिएका थिए ।

उक्त अभियानका क्रममा स्थानीयस्तरमा कार्यकर्ता भेला तथा प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, श्रम शिविर सञ्चालन तथा अन्तत्र्रिmया जस्ता कार्यक्रमहरु सञ्चालन गरिने नेकपाले जनाएको छ । तीनमहिने अभियानभित्रको कार्ययोजना बनाइए पनि तत्कालका लागि भने कोरोना भाइरसको संक्रमणका कारण आमसभा, भेला जस्ता ठूला कार्यक्रमहरु नहुने नगर कमिटी सचिव थापाको भनाइ छ ।

कार्यक्रम वडा कमिटी अध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षता र सचिव डम्बरबहादुर सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । ‘समृद्ध नेपाल सुखी नेपालीको आधार, सुदृढ पार्टी सुशासन र लोकप्रिय सरकार’ भन्ने नारासहित सुरु भएको अभियान अन्तर्गत यसअघि बेनपाको वडानम्बर ६, ७ र ८ मा कार्यक्रम गरिएको छ ।

Leave a Reply