अब विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म हुने प्रस्ताव

0

नेपाल सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोक्ने प्रस्ताव अगाडी बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने सरोकारावाला सकारात्मक भएपछि प्रस्ताव अनुसार आगामी शैक्षिक सत्रको योजना बनाउनुपर्नेमा जोड दिइएको छ ।

अहिले विद्यालय समय १०–४ सम्म सञ्चालन भइरहेको अवस्थामा अव विद्यालयले प्रार्थना सहित आवश्यक विद्यालयको शैक्षिक गतिविधिलाई ९ बजेबाट सुरु गर्नुपर्ने गरी शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिनुपर्ने बताइएको थियो ।

यो प्रस्ताव कार्यान्वयनमा आएमा अब विद्यार्थी विद्यालयमा ८ बजेर ५० मिनेट अगाडी नै पुग्नेपर्ने छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यो निर्णय देशभरका सबै निजी तथा सामुदायिक विद्यालयमा लागु हुने छ । मन्त्रालयले विद्यालय र सरकारी कार्यालय खोल्ने र बन्द हुने समय एकैपटक हुदाँ सवारीसाधनको चाप, विद्यार्थीलाई सकस, आवश्यक अनुगमनमा समेत प्रभावकारी नहुने भएकाले विद्यालयको समय हेरफेर भएको जनाएको छ।

मन्त्रालयले आयोजना गरेको प्याब्सन, एनप्याब्सन, हिसान, ट्राफिक प्रहरीका अधिकारी, अभिभावकका प्रतिनिधि लगायतको उपस्थिती थियो । हरेक हिसावले सरकारी कार्यालयभन्दा अगाडी नै विद्यालय सञ्चालन गर्दा विद्यार्थीलाई सहज हुने भएकाले सरोकारवाला निकायले समेत समर्थन जनाएका छन् ।

अनलाइन खवरको सहयोगमा तयार पारिएको साम्रागी

Leave a Reply