हरि गिरी÷बेनीअनलाइन
बेनी नगरपालिका–४,सिंगामा जन्मिएका विकास गौचन बाल्यकालदेखि नै फुटबल रुचि राख्थे। स्कुल पढ्दा गाउघर बेनी बजारमा मेला पर्वमा आयोजना हुने फुटबल खेलमा गौचनले अनेक जुक्ती लगाएर प्रतियोगिताहरुमा सहभागी जनाउथे।

उनको खेल प्रति देखाएको रुचिको कारणले उनको बुबा प्रेम प्रसाद गौचनले उनलाई कक्षा पाच पछिको बाकि शिक्षाको लागि राजधानी पढ्न पठाए ताकी छोराले पढाई सँगै आफ्नो रुचिको खेल खेलोस र सिक्ने मौका पाओस जसको कारणले कलेज पढ्ने बेला सम्म नेपालको ए डिभिजन क्लबमा आफ्नो स्थान बनाई सकेका थिए।

सानो छँदैदेखि फुटबलमा रस बसेपछि गौचनले कलेज पढ्दा समेत साना–ठुला प्रतियोगितामा सहभागी हुन थाले । गाउँसहर देखि यूकेसम्म उनले फुटबल खेल्ने अवसर पाए । उच्च शिक्षाको सिलसिलामा यूके गएका गौचन त्यहा हुने नेपाली फुटबल प्रतियोगितामा समेत सहभागी भै प्रतियोगिताहरुको उपाधी समेत जित्न सफल भए । विद्यालय, क्याम्पससँगै क्लवमा फुटबल खेलाडीको रुपमा चिनिएका गौचन म्याग्दीबाट ए’ डिभिजन लिग फुटबलको प्रशिक्षक बन्ने पहिलो ब्यक्ति समेत हुन् । उनले हिमालयन शेर्पा क्लबमा सन् २०१३ देखि २०१७ सम्म प्रशिक्षकको जिम्मेबारी सम्हालेका थिए । खेलाडीलाई आफ्नो सीप हस्तान्तरण सहित खेलअ वधिभर आक्रामक रुपमै प्रस्तुत हुने गौचनको भूमिकाबाट क्लवको खेलमा समेत सुधार भएको थियो।

नेपालका राष्ट्रिय खेलाडीहरु सहित अनुभवी विदेशी खेलाडीहरुसँग समेत भिड्नुपर्ने ए’ डिभिजन लिगमा गौचनको प्रशिक्षण क्षमता थप विस्तार भयो । काठमाण्डौको टोखामा रहेका श्री भगवती क्लवलाई ‘सि’ डिभिजनबाट ‘बि’ डिभिजनमा उकाल्न कठोर मेहनत गरेका गौचनले उत्कृष्ट कोचको उपाधी समेत प्राप्त गरेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रशिक्षक लाइन्सेन्स प्राप्त गौचनले एनसेल कप, ब्रिटिस गोर्खा कप, सहिद स्मारक लिग, झापा गोल्ड कप, काकरभिट्टा गोल्ड कप, सिमरा गोल्ड कप, जन उदयपुर गोल्ड कपमा क्लवबाट प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले झापा र सिमरा र उदयपुरमा क्लवलाई सेमिफाइनलको यात्रासम्म पु¥याउन सफल भएका थिए । ‘फिफा लाइसेन्सको प्रक्रिया अन्तिम चरणमा छ,‘प्रशिक्षणमै ध्यान दिएको छु’ गौचनले भने ।

उनले फुटबल प्रशिक्षकमा थप अध्ययन सहित फुर्सदको समयमा प्रशिक्षणमै ध्यान दिने गरेको बताए । गौचनले प्रशिक्षण दिएका हेमन गुरूङ, मानबहादुर तामाङ, सुवास गुरुङ, विश्वास श्रेष्ठ, लक्ष्मण रुचाल राष्ट्रिय टोलीबाट खेल्छन् । गौचनले आफ्नै प्रयासमा स्थापित गरेका पोखराका त्रिदेव गुरूङ समेत राष्ट्रिय टोलीमा प्रवेशको तयारीमा छन् ।अन्डर १९ मा समेत गौचनको प्रशिक्षणबाट पुग्ने खेलाडीको संख्या धेरै छ ।

हाल अष्ट्रेलियामा रहेका गौचनले बेनी फुटबल क्लवका प्रशिक्षकको भूमिकामा रहेका छन्। ‘उहाँको प्रशिक्षणले क्लवले एकपछि अर्को उपाधी जित्न सफल भएको छ’ मोना अष्ट्रेलियाका मिडिया संयोजक हिक्मत श्रेष्ठले भने । उनले म्याग्दीमा अनुभवी खेलाडीहरूलाई खेलको नयाँ–नयाँ सीप हस्तान्तरणले अष्ट्रेलियामा रहेका नेपाली फुटबल क्लवमा बेनी एफसीले नयाँ उचाई कायम गर्न सफल भएको श्रेष्ठको भनाई छ। उनका अनुसार गौचनको प्रशिक्षणमा बेनी एफसीले साहारा लिगमा पहिलो संस्करणको उपाधी सँगै दोस्रो संस्करणमा क्लबलाई दोस्रो बनाउनमा महत्वपूर्ण भूमिका निभाएका थिए उनको कोचमा बेनी एफसीले ओसियाना कप विजेता, बुद्ध कप विजेता, गोर्खा नेपलीज कम्युनिटी कपको लगातार दुईपटक विजेता, दुतावास कप क्यानबारामा दोस्रो र मेलबर्न सहरमा यति फुटबल क्लबद्वारा आयोजित १० औं कडेंल कन्सल्टेन्सी कपमा उपाधी जित्न सफल भएको बताए ।

सन् २०१५ मा अष्ट्रेलियाको सिड्नीमा खेलकुदको लागी स्थापित  बेनी फुटबल क्लवमा नेपालको बिभिन्न जिल्लाबाट आएका र नेपालको ए डिभिजनमा आफ्नो प्रभुत्व जमाएका खेलाडीहरुको बाहुल्यता रहेको छ।

विज्ञापन