मौसम पूर्वानुमानः सफा रहने

0

अहिले नेपालमा मौसममा उतार चढाव ल्याउने उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ।आज दिउँसो देशको पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशको पश्चिमी पहाडी भु–भागका १२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।आज राती देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र ०५ गते (बुधबार)
दिउँसोः देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

चैत्र ०६ गते (बिहिबार)
दिउँसोः देशको पहाडी भू-भागमा आन्शिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

चैत्र ०७ गते (शुक्रबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

रातीः देशको पश्चिमी तथा मध्य भू-भागमा आन्शिक देखी सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Leave a Reply