बुधबार सुनको भाउ ह्वात्तै बढ्यो, चाँदीको स्थिर

0

बुधबार सुनको भाउ ह्वात्तै बढेको छ । बुधबार सुन प्रति तोलामा १ हजारले बढ्दै प्रति तोला ७६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार सुन प्रति तोलमा २ हजारले घटेर प्रति तोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार तेजाबी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ । त्यस्तै यस दिन चाँदीको भने स्थिर रहेको छ । बुधबार चाँदी प्रति तोला ७१० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार चाँदी प्रति तोलामा ८० रुपैयाँले घटेर प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply