कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि म्याग्दी प्रवासी नेपाली संघ स्पेन तेस्रो मोना कप भलिबल प्रतियोगिता स्थगित गरेको छ । नेपालीहरुको चाड चैते दशैं तथा नयाँ बर्ष २०७७ सालको पावन अवसरमा आयोजित प्रतियोगिता स्थगित गरिएको मोना स्पेनका अध्यक्ष लक्ष्मण खत्रीले बताए ।

‘यस्तो अवस्थामा प्रतियोगिता थप जोखिम हुने देखियो,‘प्रतियोगिता अर्को अनुकुल समयमा गर्नेछौ’ खत्रीले भने । उनले आगामी अप्रिल ५ तारिक आइतबार कवाड हलमा कार्यक्रम गर्ने कार्यक्रम स्थगितसँगै सम्पूर्णलाई कोरोना भाइरसको संक्रमणबाट जोखिन आवश्यक सावधानी अपनाउन समेत अपिल गरिएको छ ।

स्पेनमै नेपाली संघसंस्थामा सर्वाधिक राशीको खुल्ला भलिबलमा यूरोपका विभिन्न देशबाट सहभागी हुने तयारी भइरहेको थियो ।