डडेल्धुरा गन्यापधुरा गाउँपालिका वडा नं १ मा ग्याबिनले पासाे लगाएर गाईकाे हत्या गरिएकाे छ   सामुदायिक वनकाे भिरालाे क्षेत्रमा आधा दर्जनभन्दा बढी गाईकाे हत्या गरिएकाे भेटिएकाे हाे । देउपाल सामुदायिक वनकाे गैरी ईजर भन्ने ठाउँमा करिब एक साताअगाडि सामुहिक रुपमा गाईकाे हत्या गरिएकाे हुन सक्ने प्रहरिले प्रारम्भिक अनुसन्धान गरेकाे छ ।

घटना स्थलमा प्रहरीकाे टाेली पुगेर अनुसन्धान सुरु गरेकाे हाे । ५ वटा गाई रुखमा झुन्डिएको अवस्थामा र १ गाईकाे बङ्गारा भेटिएको छ भने २ वटा पासाे लाउने तार खालि भेटिएका छन् ।यसरी हत्या गरिएका दुई वर्षभित्रका गाईहरु रहेकाे पशुसेवा प्राविधिकले जनाएका छन् । स्थानीयले जानकारी गराएपछि घटना सार्वजनिक भएकाे हाे । Source: News24.tv