घरमै रक्सीबाट यसरी ‘सेनिटाइजर’ बनाउनुहोस्

0

बनबजारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै सेनिटाइजरको अभाव हुँदै जाँदा घरेलु सामग्री (तीनपाने) रक्सीलगायत रसायन (केमिकल) प्रयोग गरेर बनाएर प्रयोग गर्न थालिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा चन्द्रकुमार केसीले समेत रक्सी, हाइड्रोजन पेरोअक्साइड र डिस्टिल वाटर प्रयोग गरेर सेनिटाइजर बनाएका छन् । ‘निकै उपयोगी देखिएको छ,‘यसलाई स्थानीय तहले तालिममार्फत थप प्रयोग गर्न सक्छन्’ केसीले भने ।

उनले तालिममार्फत समुदायमा आम्दानी समेत गर्न सकिने बताए । उनले ब्यक्तिगत रुपमै प्रयोग गर्दा समेत कोरोना लगायतका संक्रमणबाट जोखिन सकिने बताए । उनले आफ्नो प्रयासमा बनाएको सेनिटाइजरलाई सामाजिक सञ्जालमा समेत राखेका छन् । ‘थोरै रक्सीको गन्ध आउँछ,पटक–पटक बनाउँदा राम्रो तयार हुन्छ’ सामाजिक अभियान्ता समेत रहेका केसीले भने ।

देशभर सेनिटाइजरको अभाव देखिएपछि विभिन्न जिल्लामा तालिम समेत सञ्चालन गरी बनाउने प्रक्रिया सुरु भएको छ । यसको सुरुवात पहिलोपटक नास्टका वैज्ञानिकले गरेका थिए । सेनिटाइजरबाट जीवाणु (ब्याक्टेरिया), सूक्ष्म जीवाणु (भाइरस) र ढुसी (फंग्स) तीनैवटाबाट संक्रमण फैलिन रोक्ने सकिने भएकाले धेरै उपयोगी हुने बताइन्छ । नास्टले बनाएको सेनिटाइजरबाट ६ देखि आठ सेकेन्डमै सूक्ष्म जीवाणु मार्न सफल हुने बताइएको छ ।

घरमा स्यानेटाईजर कसरी बनाउने ?
१. १/२ लिटर लोकल कडा रक्सी वा स्प्रीट
२. सामान्य साईजको ३ वटा एलोभेराको पात वा एलोभेरा जेल
३. तोरिको तेल वा लोसन

माथी तोकिएको अनुपातको लोकल रक्सिमा एलोभेराको पात मसिनो टुक्रामा काटेर भिजाउ, चम्चाले घोलौ र छानौ र १० थोपा तोरिको तेल राखेर घोलौ र स्प्रेमा राखेर आवस्यक्ता अनुशार प्रयोग गरौ।

Leave a Reply