पर्बत

पेट्रोलियम पर्दाथको मुल्य समाजयोजन गर्नुपर्ने लगायतका माग राख्दै पर्बतका दुई बिद्यार्थी संगठनले प्रधानमन्त्रीलाई बिहिबार ज्ञापनपत्र बुझाएका छन ।

नेबिसंघ पर्बत र अनेरास्वबियु पर्बतले पेट्रोलियम पदार्थमा अन्तर्राष्टिय बजारमा निरन्तर मुल्य घटेकाले नेपालमा पनि सोही बमोजिम मुल्य समायोजन गर्नुपर्ने लगायतका मागहरु सहति जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्रमा तत्काल अन्तराष्ट्रिय बजार अनुरुप पेट्रोलियम पदार्थमा मुल्य समायोजन गर्नुपर्ने आर्थिक बिपन्नताको रेखामुनी रहेका सर्बसाधारण तथा बिद्यार्थीलाई पेट्रोलियम पदार्थमा अनुदानको ब्यवस्था गर्नुपर्ने आयल निगममा हुने अनियमिततालाई रोक्नुपर्ने बिद्यार्थीलाई रासनकार्डको ब्यवस्था गर्नुपर्ने मागहरु उल्लेख छ ।

त्यसैगरी सार्बजनिय यातायातमा सहमति अनुसारको ४५ प्रतिशत छुट कडाइका साथ कार्यान्वयन गर्नुपर्ने तथा यातायातमा बैज्ञानिक प्रणालीबाट नया भाडादर कायम गर्नुपर्ने लगायतका मागहरु पनि राखिएको अनेरास्वबियुका केन्द्रिय सदस्य पदमपाणी शर्माले बताउनुभयो । ज्ञापनपत्र बुझाऊदै शर्माले माग कार्यान्वयन नभएमा कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिनुभयो ।

ज्ञापनपत्र बुझाउनका लागि अनेरास्वबियूका केन्द्रिय सदस्य शर्मा नेबिसंघका केन्द्रिय सदस्य मोहन आचार्यको नेतृत्वमा बिद्यार्थीहरु प्रशासन पुगेका थिए ।