कास्की कारागारबाट १ जना बन्दी फरार

0
कास्की कारागारका एक जना बन्दी फरार भएका छन् । बिहिबार दिउँसो करीब साढे तिन बजेको समयमा उनी फरार भएको जानकारी प्राप्त भएको छ । इलाम स्थायी घर भएका वर्ष २२ का पृथमान तामाङ नाम गरेका व्यक्ति फरार भएका हुन् । बहुबिवाह र जबरजस्ती करणी आरोपमा पुर्पक्षका लागि तामाङ कारागार चलान भएका थिए । उनको मुद्धा फैसला नभइसकेका कारण अदालतले उनलाई पुर्पक्षका लागी कारागारमा राख्ने आदेश दिएको थियो ।

बिहीबार पिसाबको समस्या आएको भन्दै उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो । सोही अस्पतालको शाैचालयबाट २ जना सुरक्षाकर्मीलाई भुक्याएर फरार भएका हुन् । करीब २ बजेको समयमा उनलाई अस्पताल पुर्याइएको थियो भने करीब साँढे तीन बजेको समयमा उनी फरार भएको कारागार श्रोतले जानकारी दिएको छ ।फरार अभियुक्तको खोजी कार्य भैरहेको छ । जिल्ला प्रहरी कार्यालयले हालसम्म उनको पत्ता नलागेको बताएको छ । तर पनि उनी छिटै समातिने पनि प्रहरीले जनाएको छ ।

Leave a Reply