कोरोना संक्रमण रोक्ने अभियानलाई सघाउन नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने सुविधा दिएको छ । यो सुविधासँगै म्याग्दीको सदरमुकाम बेनी लगायत स्थानीय तहमा रहेका वित्तिय संस्थामा रहेका बैंकमा अर्को बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको हो ।

एउटा नेटवर्कभित्र रहेका एउटा बैंकको अर्को बैंकको एटिएम मेसिनबाट रकम निकाल्दा लाग्ने ३० रुपैयाँ छुटको जानकारी प्राप्त भइसकेको गरिमा विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले बताए । ‘यो सुविधाले सेवाग्राहीलाई सहज हुन्छ,‘दैनिक आफ्नो पहुँच भन्दा बाहिर रहेका बैंकबाट समेत सेवा लिन सकिन्छ’ ढुंगानाले बेनीअनलाइनलाई भने । स्मार्ट च्वाइस टेक्नोलोजिज् ९एससिटी० को प्रयोगकर्ताको संख्या कम रहेको छ भने भिजा कार्डको प्रयोगकर्ता अत्याधिक रहेका छन् । यसैबीच बैंक तथा वित्तिय संस्थाले एटिएम मेसिनको प्रयोग गर्ने क्रममा समेत थप सुविधालाई मध्यनजर गरी सेवा प्रवाह गर्ने जनाएका छन् । मेसिनबाट समेत संक्रमण फैलिन सक्ने भएकाले स्यानेटाइजर राखिने भएको छ ।

आवश्यक परेको पैसा तत्कालै झिक्न समेत अनुरोध गरिएको छ । यो सुविधाले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने जनाइएको छ । म्याग्दीको सबै स्थानीय तहमा प्रभु बैंकको शाखा रहेको भएपनि एटिएम सुविधा दरबाङमा रहेको छ । त्यस्तै गरिमा विकास बैंकको समेत दरबाङमा एटिएम सुविधा रहेको छ ।