बच्चालाई जन्म दिएको केही समयपछि कोरोना संक्रमणबाट आमाको मृत्यु, बच्चा भने स्वस्थ्य !

0

एजेन्सी, ०८ चैत । युरोपियन मुलुक पोल्यान्डमा कोरोना भाइरसको संक्रमणबाट बच्चालाई जन्म दिने बित्तिकै एक २७ वर्षीया महिलाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार ती महिला गर्भवती थिइन् । साथै उनी स्वस्थ र तन्दुरुस्त पनि थिइन् । तर उनलाइ बच्चा जन्माउने बित्तीकै कोरोना भाइरसको संक्रमण भएर उनको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार एजेन्सीहरुका अनुसार ती महिलालाई उनकी आमाबाट कोरोना संक्रमण भएको हो । मृतक महिलाकी आमा भर्खरै इटालीको भ्रमण गरेर त्यहाँ पुगेकी थिइन् ।पोल्याण्डका संचार माध्यमहरुले पनि उनको आमाबाटै संक्रमण सरेको जनाएका छन् । उनले जन्मदिएको बच्चाको स्वास्थ्य अवस्था भने सामान्य र कोरोना भाइरसको संक्रमण रहित रहेको बताइएको छ ।

Leave a Reply