कोरोना सम्बन्धि सोधपुछ गर्न गण्डकी प्रदेशको ‘हेलो डाक्टर’ सेवा सुरू

0

कोरोना भाइरस संक्रमण (कोभिड–१९)को त्रास बढ्दै गइरहेको अवस्थामा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले कोरोना सम्बन्धि सोधपुछ गर्नका लागि हेलो डाक्टर हटलाइन सुरू गरेको छ ।

प्रदेशभित्रका सबै जिल्लामा कोरोना भाइरस सम्बन्धि सचेतनामुलक, डेक्सको स्थापना तथा विभिन्न गतिविधिलाई तिब्रता दिइरहेको अवस्थामा प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र स्वास्थ्य निर्देशनालय पोखरामार्फत हटलाइन नम्बर १११५ मा २४ घण्टा जिज्ञासा राख्न सकिने सामाजिक विकास मन्त्री नरदेवी पुनले बेनीअनलाइनलाई बताउनुभयो ।

‘कुनै जिज्ञासा भएमा पनि तत्कालै फोन गर्न सकिन्छ,‘यसलाई प्रभावकारी बनाउने गरी अगाडी बढेको छु’ मन्त्री पुनले भन्नुभयो । गण्डकी प्रदेशभित्र कोरोना भाइरसको संक्रमण फैलिन नदिने गरी सबै क्षेत्रमा आवश्यक तयारी भइरहेको मन्त्री पुनको भनाई छ ।

त्यस्तै हरेक अस्पतालमा आइसोलेसन कक्ष र अनुकुल हुने स्थानमा कम्तिमा ६ महिनासम्मका लागि क्वारेन्टाइन स्थापना गर्ने पत्रचार समेत भएको छ । डेक्समा आइतबारसम्म ०६१(५२४०७४ र सोमबारदेखि हटलाइनमा निशुल्क सेवा लिन सकिन्छ ।

Leave a Reply