धौलागिरी अस्पतालमा एक बिरामीमा कोरोना आशंका

0

धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारका लागि आएका एक बिरामीमा कोरोना संक्रमणको आंशका गरिएको छ ।

चार दिन अघि अस्पताल आएका ति बिरामीको लक्षण कोरोनासँग मिल्ने भएकाले छुट्टै बिशेष निगरानीमा राखेर परीक्षण सहित परामर्श समेत गरिएको छ ।  भारतको पटनाबाट आएको हुनाले कोरोना आशंकामा स्वाव परीक्षणका लागि आज काठमाण्डौं पठाइने धौलागिरी अञ्चल अस्पतालका डा.पुजन बल्लले जानकारी दिए ।

‘कोरोनाबाट संक्रमित नै हो भन्ने अवस्था छैन,’ डा.बल्लले भने,‘तर कोरोनाको जोखिमपूर्ण ठाउँबाट आएको हुनाले संक्रमणको थप आशंकामा परीक्षण गरेर हेरौ भन्नका लागि काठमाण्डौं पठाउने निर्णयमा पुगेका हौ ।’  शिब बोहोरा 

Leave a Reply