बेनी नगरपालिकालाई पाण्डे ड्रग सेन्टरको सहयोग

0

बेनी नगरपालिका–८, न्यूरोडमा रहेको पाण्डे ड्रग सेन्टरले कोरोना रोकथाममा सघाउ पुग्ने गरी स्यानिटाइजर बनाउन मिल्ने साम्रागी, मेडिकल पन्जा २ सय थान, माक्स ५० थान, कोरोना भाइरसबाट जोगिन आवश्यक पर्ने पर्चा साम्रागी ३ हजार सेन्टरका सञ्चालक प्रमोद महतोले बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, वडा नं ७ का अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, स्वास्थ्य शाखाकी लिला गौतम लगायतको उपस्थिती रहेको थियो । करिव १५ हजार बराबरको सहयोग नगरपालिकाको अभियानमा सघाउन हस्तान्तरण गरेको मेडिकल सेन्टरका सञ्चालक महतोले बताए ।

उनले नगरपालिकाको स्वास्थ्य अभियानमा भविस्यमा समेत निरन्तर सहयोग गर्ने बताए । सोही अवसरमा मेयर श्रेष्ठले कोराना भाइरसका संवेदनशीलतालाई मध्यनजर गरी नगरपालिकाले विभिन्न अभियान सञ्चालन गर्ने बताए ।

उनले जिल्ला सुरक्षा समिति, सर्वपक्षीय भेलाबाट भएको निर्णयलाई कार्यान्वयन गर्ने बताए । यसअगाडी समेत मेडिकल सञ्चालक महतोले बेनी सामुदायिक माध्यमिक विद्यालयको प्राथमिक उपचार केन्द्रलाई रुघा लागेका बिरामीलाई माक्स, टाउको दुख्ने, खोकी, ज्वरो जस्ता प्राथमिक उपचारमा सहयोग पुग्ने गरी १५ हजार बराबरको औषधी सहयोग गरेका थिए ।

Leave a Reply