रोना भाइरसको महामारीविरुद्धक विश्वका १९४ देशसँगै नेपाल पनि होमिएको छ । सरकारले काेराेनाविरुद्ध सुरक्षाका लागि मंगलवार बिहान ६ बजेदेखि १८ गतेसम्म मुलुकलाई पूर्ण रूपमा लकडाउन गरेको छ ।

अधिकांश पत्रपत्रिकाले लकडाउन र कोरोनाकै सन्दर्भमा मुख्य समाचार बनाएका छन् । नयाँ पत्रिकाले ‘अग्निपरीक्षामा देश’ शीर्षकको समाचार प्रकाशित गरेको छ ।नयाँ पत्रिका लेख्छ, ‘भूकम्प र नाकाबन्दी बेहोरेको नेपाल अभूतपूर्व परीक्षामा छ ।’

नयाँ पत्रिकामै सरकारले सीमा नाका बन्द गरेपछि भारतबाट घर फर्किन लागेका हजारौं नेपाली दिनभर नाकामा अलपत्र परेको खबर पनि छ । नाकामा खटाइएका सुरक्षाकर्मीहरुले माथिको आदेश भन्दै रोकेपछि सोमबार दिनभर हजारौं नागरिक नाकामै अलपत्र परे ।