कोरोना भाइरससम्बन्धी भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु केशवराज आचार्यलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रभु यशुलाई प्रार्थना गरे कोरोना भाइरसले नछुने भन्दै आचार्यले भ्रम फैलाएका थिए ।

पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्ने आचार्यलाई सोमबार साँझ कास्की प्रहरीले पक्रेर हिरासतमा राखेको कास्की प्रहरी प्रवक्तासमेत रहेका डीएसपी राजकुमार केसीले बताउनुभयो।  यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै आचार्यले प्रवचन दिएका थिए प्रवचनको भिडियो भाइरलै भएको थियो । प्रशस्त कटनी मण्डली पोखरा २९ का पास्चर आचार्यको स्थायी ठेगाना भने जुम्ला हो ।