विश्वव्यापीरुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन पोर्तुगलमा रहेका एक म्याग्देली यूवाले निशुल्क मास्क वितरण गरेका छन् । बेनी नगरपालिका–४, तातोपानी निवासी धन थापाले त्यहाँ रहेका नेपाली र विदेशीलाई ३ सय थान मास्क वितरण गरेका हुन् ।

यूरोपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोखिम सचेतनामुकल कार्यक्रम सहित मास्क वितरण गरेको थापाले बेनीअनलाइनलाई बताए । ‘यो अवस्थामा आफ्नो क्षमता अनुसार काम गरेको छु,‘आवश्यकता परेमा केही खाद्यान्न पनि सहयोग गर्नेछु’ थापाले भने। उनले नेपालीसँगै सडकमा मास्क वितरण गर्दा विदेशीले समेत खुसी ब्यक्त गरेको बताए । केही मास्क बाँकी रहेकाले सम्पर्कमा आउन थापाले अनुरोध गरेका छन् ।मोना पोर्तुगलमा समेत आवद्ध रहेका थापाले यसअगाडी समेत विभिन्न सामाजिक कार्यहरुमा सहयोग गरेका थिए । पछिल्लो समय यूरोपमा समेत मास्क लगायत कोरोनाबाट जोखिन आवश्यक पर्ने साम्रागीको अभाव देखिन थालेको तथा घरबाट निस्कन छोडेपछि नेपाली समुदाय समस्यामा परेकाले सहयोगको आवश्यकता रहेको थापाको भनाई छ ।पोर्तुगलमा केही महिना यता भित्रिएका नेपालीलाई रासन पानीको आवश्यकता रहेकाले उक्त अभियानको आवश्यकता रहेको बताए । निकट भविस्यमा म्याग्दीमा समेत केही नयाँ कार्यक्रम गर्ने थापाको तयारी छ ।