कोरोना भाइरस (कोभिड–१९) को महामारीले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने र आर्थिक अवस्था कमजोर भएकालाई हातमुख जोड्न नै धौ–धौ परेको अवस्थालाई एक यूवाले १ लाख सहयोगको घोषणा गर्नुभएको छ।

लकडाउनको अवस्था लम्विए दैनिक ज्यालादारी मजदूरहरुको अवस्था दयनीय बन्दै जाने भन्दै जिल्ला प्रशासन, जिसस, स्थानीय तहको समेत उपस्थिति हुने गरी संयुक्त कोष स्थापनाको वातावरण बनाउन अनुरोध गदैं निर्माण ब्यवासायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसी र यूकेमा रहेका किसान जिसीले कोष खडा भएमा १ लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले अति आवश्यकता परेको अवस्थामा संयुक्त कोष अति प्रभावकारी हुने भएकाले कोष खडा गर्न सकेमा लकडाउनबाट समस्यामा परेकालाई धेरै सहयोग प्राप्त हुन सक्ने बताउनुभयो ।

जिल्लामा राहत वितरणमा एकद्धार प्रणाली बनाउन आवश्यकता रहेकाले राजनीतिक दल, गैरसरकारी संस्था, उद्योग, ब्यापारी तथा अन्य संघसंस्थामार्फत सहयोग गर्न सकिने बताउँदै जिल्लाका सबै स्थानमा राहत पुग्ने कोषको आवश्यकतामा तत्काल पहल गर्न समेत अनुरोध गरिएको छ । लकडाउन लम्बिएमा विपन्न र मजदुरले भोकभोकै पर्ने अवस्थाप्रति सचेत हुन समेत अपिल गरिएको छ।

Narayan Gc is with Chandra Kumar Kc and 48 others.

म्याग्दी जिल्ला मा दिनभरी मज्दुरी गरेर खाने मज्दुरहरुको एक हप्ताको लागि मज्दुर आफैले रासनपानी व्यवस्था गरेकै होलान । तर थप लक्डाउन लम्बिने स्तिथि भएमा सचेत हुनको लागि जिल्ला समन्न्वय समिती र जिल्ला प्रसासन कार्यालय का प्रमुखहरुको रोहबरमा हुने सयुक्त कोष स्थापना गरौ । नगरपालिका, गाउपालिका, राजनितिक दलहरु, एनजियो, आइएनजियो, उध्योगी, व्यापारी, अन्य संघ सस्था तथा सहयोगी मन भएका व्यक्तिहरुले इक्षा अनुसारको नगद वा जिन्सी सामानहरु उपलब्ध गराउ र उक्त रकम र जिन्सी सामानहरु बाट आवस्यकता अनुसारका हस्पिटलमा आवस्यक पर्ने सामान हरु किन्न तथा गरिब मज्दुरहरुको पहिचान गरि एक द्वार प्रणाली बाट अति आवस्यक चिजबिज बितरन गर्ने गरि स्वयम्सेवकसहरु परिचालन गर्ने व्यवस्था मिलाऔ । सो कोषमा जि सि ग्रुप को तर्फबाट म #नारायण जि सि र #किसान जि सि ले रु एक लाख जम्मा गर्ने प्रतिबद्धता गर्दछु ।
#आफु_पनि_बाचौ_अरुलाइ_पनि_बचाऔ